अनन्त तामाङले ईतिहास बनाएको खेलमा इस्ट बंगाल पराजित

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आईएसएल) टोली स्पोर्टिङ क्लब इस्ट बंगालमा डेब्यु गरेका छन्। शनिबार अनन्तले बैंगलुरू एफसीविरूद्ध खेल्दै आईएसएलमा डेब्यु गरेका हुन्। यद्यपी उनको टिम १–० गोल अन्तरले पराजित भयो।

सुरूवाती ११ मै परेका अनन्तले पुरै ९० मिनेट मैदानमा बिताएका थिए। इस्ट बंगालले नेपाली राष्ट्रिय फुटबल टोलीका सेन्टर ब्याक अनन्तलाई यसै सिजन टोलीमा अनुबन्ध गरेको हो। यो सँगै अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

शनिबार भएको खेलमा बैंलुरूका लागि सुनिल क्षेत्रीले निर्णायक गोल गरेका थिए। उनले खेलको २४ औं मिनेटमा गोल गरेका थिए। जितपछि छैठौं स्थानको बेंलुरूले २० खेलमा २९ अंक जोड्यो। पराजित इस्ट बंगाल ११ अंक जोडेर पुछारमा छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको जमशेदपुरले १९ खेलमा ४० अंक जोडेको छ । दोस्रो स्थानको हैदारावादले ३८ र तेस्रो स्थानको मोहन बगानले ३७ अंक जोडेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0