बक्सिङ संघलाई साधारणसभा स्थगित गर्न राखेपको निर्देशन

अन्य खेल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । शुक्रबार राखेपले आफ्नो पूर्वस्वीकृति नलिई साधारणसभा गर्न लागेको भन्दै स्थगित गर्न निर्देशन दिएको हो ।

यही जेठ २० गतेका लागि बक्सिङ संघको साधारणसभा डाकिएको थियो । संघ तथा समन्वय इकाइका प्रमुख सरोजकुमार पाखे्रलले नेपाल बक्सिङ संघले कोरोना महामारीबीच पनि आफ्नो स्वीकृति नलिई साधारणसभा गर्न लागेको भन्दै स्थगित गर्न पत्र पठाएका हुन् ।

पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ङ) बमोजिम परिषदबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरी सोको जानकारी राखेपलाई गराउन उल्लेख गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0