नापोलीलाई १-० गोलले पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा

फुटबल

काठमाडौं । नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएको खेलमा एसी मिलानले नापलीलाई १-० अन्तर गोलले पराजित गरेको हो ।

भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ ।

पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0