लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न म्युनिखको सानदार जित

फुटबल

काठमाडौं । बायर्न म्युनिखले साल्जबर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७-१ को सानदार जित निकालेको छ। मंगलबार राति भएको खेलमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

तीन साता अघि पहिलो लेगमा १-१ को बराबरी खेलको बायर्न लेवान्डोवस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो । बायर्न समग्रमा ८-२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो । १२औं मिनेटमा लोवान्डोवस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो ।

२१औं मिनेटमा लेवान्डोवस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो । त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३-० मा पुर्‍याएका थिए । लेवान्डोवस्की च्याम्पियन्स लिग लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी समेत बनेका छन् ।

३१औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डाेर्‍याएका थिए । ७०औं मिनेटमा काजगार्डको गोलमा साज्जबर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।

८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६-१ मा पुर्‍याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे । अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १-० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0