नेपालले त्रिवि मैदानमा पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवान्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पीएनजसँग आगामी चैत ११ र १२ गते घरेलु मैदानमा दुई खेल खेल्ने भएको हो ।

दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकवणात्मक टी२० श्रृंखलाअघि नेपालले पीएनजीसंग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको हो ।

त्रिकोणात्मक टी२० श्रृंखला पनि त्रिवि मैदानमा चैत १४ देखि २१ सम्म हुनेछ । नेपाली टोली क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएई र पीएनजीविरुद्ध हुने श्रृंखलाको तयारी गर्न हाल श्रीलंका भ्रमणमा छ ।

नेपालले त्यहाँको प्रथम श्रेणीको टिमसँग चार अभ्यास खेल खेल्नेछ र उतैबाट युएई प्रस्थान गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0