क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युरोकप खेल्ने पोर्चुगलको टोली घोषणा

फुटबल

काठमाडौं । युरोकप फुटबलका लागि पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टोली घोषणा भएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले केहि अनुभवी तथा युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि टोलीमा समेटेका छन् ।

साविकको विजेता पोर्चुगललाई युरोकप रक्षा गर्नुपर्ने दवाव छ । सन् २०१६ मा फ्रान्सलाई १-० गोलले हराउँदै युरो च्याम्पियन बन्दा रोनाल्डोले चोटका कारण फाइनल खेल पूरै समय खेल्न पाएका थिएनन्। समूह ‘एफ’मा रहेको पोर्चुगलले विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरीसँग खेल्ने छ । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

यस्तो छ पोर्चुगलको टोली

गोलरक्षक – रुई प्याट्रिसियो (वल्भ्स) , एन्थोनी लोपेस (लियोन), रुइ सिल्भा (ग्रानडा) डिफेन्डर – जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)

मिडफिल्डर – ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड),डानिलो पेरेइरा (पिएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टाे) र विलियम कार्भाल्हो (रियल बेटिस)

फरवार्ड – क्रिस्टियानो रोनाल्डो (युभेन्टस), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), जोआओ फेलिक्स (एथ्लेटिको मड्रिड),डिएगो जोटा (लिभरपुल),आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट),पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), गोन्कालो गुइडेस (भ्यालेन्सिया) र राफा सिल्भा (बेन्फिका)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged