बेन्जेमाले १७ मिनेटभित्र ३ गोल गर्दा पीएसजीको लज्जास्पद हार

फुटबल

काठमाडौं । करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ अन्तरगतको दोस्रो लेगको खेलमा रियलले पीएसजीलाई ३-१ गोलले हराउँदै समग्रमा ३-२ गोलको जीत हासिल गर्न सफल भएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा किलियान एम्बाप्पेले पहिलो हाफमा गोल गर्दै पीएसजीलाई समग्रमा दुई गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा गोलकिपर जियान लुइजी डोनारुमाले गरेको गल्ती रियलको पुनरागमनको कडी बन्यो । इटालियन गोलकिपरको गल्तीको फाइदा उठाउँदै बेन्जेमाले रियलका लागि गोल फर्काए ।

खेलको ७६ औँ मिनेटमा लुका मोड्रिचले बेन्जेजमाका लागि दोस्रो गोलको अवसर सिर्जना गर्दै समग्रमा खेल बराबरी गरे । लगत्तै ३४ वर्षीय खेलाडीले अर्को गोल गर्दै रियलको जीत सुनिश्चित गरे । योसँगै च्याम्पियन्स लिगमा तीन वटा ह्याट्रिक गर्ने बेन्जेमा पहिलो फ्रान्सेली खेलाडी बनेका छन् ।

डोनारुम्माको त्रुटि नभएसम्म पीएसजी पूर्ण नियन्त्रणमा थियो। ​मार्को भेराट्टी मिडफिल्डमा ​प्रभावशाली थिए भने नेयमार र लियोनेल मेस्सीले केही खतरनाक अवसर सिर्जना गरिरहेका थिए । रियलले धाराप्रवाह विपक्षीहरूलाई नियन्त्रण गर्न संघर्ष गरिररहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0