विश्वकप फुटबल दुई दुई वर्षमा गर्न फिफाले अध्ययन गर्ने

समाचार

काठमाडौं, जेठ ८ गते । विश्वकप फुटबलको आयोजना प्रत्येक दुई वर्षमा गर्न विश्व फुटबलको सर्बोच्च निकाय(फिफा)ले सम्भाब्य अध्ययन गर्ने भएको छ । पुरुष तथा महिला विश्वकप फुटबल अहिले जस्तो हरेक चार वर्षको सट्टा दुई–दुई वर्षको अन्तरालमा गर्न तथा सो प्रतिस्पर्धाका लागि गरिने छनौट खेलका सम्बन्धमा पनि विचार गरिने छ ।

सऊदी अरेबिया फुटबल फेडेरेशन(साफ) अध्यक्ष यासेल अल मिसेहलले फिफाको वार्षिक कँग्रेसमा ल्याएको उक्त प्रस्ताबको पक्षमा १ सय ६६ तथा विपक्षमा २२ देशका फेडेरेशनले मत दिएका हुन् ।

“खेलको स्वरुपमाथि पुनरावलोकन गर्नु जरुरी भएको छ, थोरै तर राष्ट्रिय टोलिको अर्थपूर्ण प्रतियोगिताले खेलाडीको हित समेत सम्बोधन गर्नेछ र यसले खेल र प्रतियोगिताको मूल्य मान्यता समेत बढाउनेछ ।”– सऊदी अरेबिया फुटबल फेडेरेशन(साफ) का अध्यक्ष यासेल अल मिसेहलले बताए ।

सन् १९३० यता हरेक चार वर्षमा पुरुष विश्वकप हुँदै आएको छ । सन् १९४२ र १९४६ मा विश्वयुद्धका कारण हुन सकेको थिएन । यस्तै सन् १९९१ मा सुरु भएयता महिला विश्वकप पनि हरेक चार वर्षमा हुँदै आएको छ । प्रत्येक दुई वर्षमा विश्वकप आयाेजना भए खेलहरु बढ्ने छन् र फिफाले यसबाट मुनाफा धेरै कमाउने छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0