१० खेलाडीमा सिमित एथ्लेटिको विजयी, बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो

फुटबल

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले काडिजमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले काडिजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा जोआओ फेलिक्स र रोड्रीगो डी पाउलले एक एक गोल गरेका थिए । त्यस्तै काडिजका लागि अल्भारो नेग्रेडोले एक गोल गरेका थिए ।

त्यसैगरी एटलेटिको म्याड्रिडका जाभी सेरानोले खेलको ८८औ मिनेटमा रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि एटलेटिको म्याड्रिडको २८ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा कायम रहेको छ । त्यसैगरी काडिज २८ खेलमा २४ अंकसहित लिगको १८औ स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0