जमैका तलावाजले गर्‍यो सन्दीप लामिछाने सहित १० खेलाडी रिलिज

समाचार

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को नवौं संस्करण आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुने निर्णय भइसकेको छ । प्रतियोगिताको सबै ३३ खेल त्यहाँको वार्नर पार्क स्टेडियममा खेलाइनेछ । यसैबिच जमैका तलावाजले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी रिलिज गरेको छ। यो पटक सीपीएलको समयमा दी हन्ड्रेड क्रिकेटमा व्यस्त हुने भएकाले तलावाजले सन्दीपलाई रिलिज गरेको हो।

सन्दीप इंगल्याण्डमा हुने दुई प्रतियोगिताका लागि भने अनुबन्धित भइसकेका छन् । जुन ९ देखि सुरु हुने ऐइटलिटी टी-२० ब्लास्टका लागि सन्दीप वर्सेस्टरायरमा अनुबन्ध भएका छन् भने पहिलो पटक हुन लागेको दी हन्ड्रेड क्रिकेटका लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् । दी हन्ड्रेड जुलाई २१ देखि सुरु हुनेछ ।

यस्तै यो पटक आन्द्रे रसेल, चाडविक वाल्टन, फिदेल इड्र्वास, रोमभ्यान पावेल, कार्लोश बार्थवेटसहित ७ खेलाडीलाई जमैकाले रिटेन गरेको छ । गत सिजन नेपालका सन्दीप लामिछाने जमाइका तल्हवाजबाट खेलेका थिए। उनले ११ म्याचमा राम्रो इकोनमीमा १२ विकेट लिएका थिए। काएरन पोलार्ड कप्तानीको ट्रिनिबागो नाइट राइडरसले अपराजित रहँदै गत सिजन उपाधि जितेको थियो ।

उनले सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेले। उनले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरे। सन्दीले सो प्रतियोगितामा छ खेलमा आठ विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged