रोनाल्डोले चमत्कारी ह्याट्रिक गरेपछि म्यान्चेस्टर युनाइटेडसामु टिक्न सकेन टोटेनहम

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई ३–२ ले हराएको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे । पराजित टोली टोटनह्यामका ह्यारी केनले एक गोल गर्दा म्यान्चेस्टरकै ह्यारी म्याग्वेरले एक आत्माघाती गोल गरे ।

खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए । ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको ७२ औं मिनेटमा पाहुना टोली पुनः बराबरीमा आयो । ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा आएको थियो । त्यसपछि ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३–२ गोलको जित दिलाए ।

प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले ब्राइटनलाई २–० ले हराएको छ । लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सालहले एक एक गोल गरे । खेलको १९ औं मिनेटमा लुइसले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि, ६१ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । अर्को खेलमा ब्रेन्टफोर्डले बर्न्लेमाथि २–० को जित निकाल्यो ।

शनिबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २८ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । समान खेलबाट ६६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको चेल्सीको ५६ अंक छ । ५० अंक जोड्दै म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0