सिटीमाथि लिभरपुलको दबाब कायम, मोहमद शलाहले गरे पेनाल्टीबाट गोल

फुटबल

काठमाडौं : ब्राइटनविरुद्ध सहज जीत निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जीत निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २-० गोलले हराएको हो ।

लुइस डियाजले खेलको १९ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीबाट गोल गर्दै मोहमद शलाहले लिभरपुलको जीत सुनिश्चित गरे ।

यो सिजन इजिप्सियन खेलाडीको यो २० औँ थियो । त्यस्तै, प्रिमियर लिगमा लिभरपुलको २ हजारौँ गोल पनि थियो । २८ खेलबाट लिभरपुलको ६६ अंक रहेको छ । शीर्ष स्थानमा रहेको सिटीमा टोली मात्र ३ अंकले पछि रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1