एम्बाप्पे र नेयमार गोलमा पीएसजीको सहज जित

फुटबल

काठमाडौं :  बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे ।

खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए ।

पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ । दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अंक रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0