श्रेयस अय्यरले जिते ‘आइसिसी प्लेयर अफ दी मन्थ’ को अवार्ड, नेपालका नेपालका दीपेन्द्रसिंह ऐरी रित्तो हात

क्रिकेट

काठमाडौं : भारतका ब्याट्सम्यान श्रेयस अय्यरले ‘आइसिसी प्लेयर अफ दी मन्थ’ को अवार्ड जितेका छन्। आइसिसीले उनलाई फेब्रुअरी महिनाको अवार्ड प्रदान गरिएको सोमबार घोषणा गरेको हो। यो अवार्डको मनोनयनमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र युएईका युवा ब्याट्सम्यान वृत्य अरविन्द पनि परेका थिए।

दीपेन्द्र र वृत्यले आइसिसी टी–२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन बनाउनकुा साथै ३ विकेट लिएका थिए। त्यसअघि भएको चार देश सम्मिलित सिरिजमा उनले १४२ रन र ४ विकेट लिए सफल भएका थिए।

अय्यरले श्रीलंका र वेष्ट इन्डिजविरुद्धको सिरिजमा शानदार ब्याटिङ गरेका थिए। उनले वेस्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय खेलमा ८० रन जोड्दा भारत विजयी भएको थियो। साथै उनले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा कुल २०४ रन जोडेका थिए। उनले खेलेका तीनै खेलमा अर्धशतक प्रहार गरेका थिए।

यस्तै वृत्यले आइसिसी टी-२० छनोटको उपाधि युएईलाई जिताउने महत्वपूर्ण भूमिका निभाएका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा युएई विश्वकपका लागि छनोट भएको हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0