आयोजकलाई हराउँदै आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

फुटबल

झापा । विभागीय क्लब त्रिभुवन आर्मी क्लबले झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनलमा घरेलु टोली झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जित्न सफल भएको हो ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले एक एक गोल गरे । झापाका लागि विमल घर्तिमगरले १ गोल फर्काए पनि त्यो पर्याप्त बनेन् । १८औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । उनले सुमन अर्यालको क्रसमा गोल गरेका हुन् ।

२१औं मिनेटमा जर्जप्रिन्स कार्कीले आर्मीका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । २४औं मिनेटमा झापा ११ का लागि विमल घर्तिमगरले हेडर गोल गर्दै अग्रता २–१ मा झारे पनि त्यसपछि गोल नहुँदा घरेलु टोली उप विजेतामा सीमित बन्न पुग्यो । आर्मीले लगातार तेस्रो पटक झापा गोल्डकप जितेको छ भने समग्रमा उसको चौथो उपाधि हो । उपाधि जितेको आर्मीले १२ लाख ५५ हजार प्राप्त गर्दा झापा ११ ले ६ लाख ५ हजारमा चित्त बुझायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0