फिनिसिङमा चुक्दा क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यो बराबरीले लिग तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुललाई फाइदा पुगेको छ ।

लिगमा २९ खेलबाट म्यान्चेस्टर सिटीको ७० अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ भने दुई खेल कम खेलेको चेल्सी ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको आर्सनलको ५१ अंक छ ।

जारी लिगमा वाट्फोर्ड, बर्नले र नरिच सिटी भने रेलिगेशन जोनमा रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0