विश्वकप लिग-२: कमजोर पिएनजीबिरुद्ध भिड्दै नेपाली टिम, कसले जित्ला खेल ?

क्रिकेट

काठमाडौं : नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीविरुद्ध खेल्दै छ। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले बुधबार युएईको सारजाहमा पीएनजीको सामना गर्नेछ। नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ। नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ।

दुबै खेलमा नेपालले जित निकालेको छ। यसकारण नेपाल उच्च मनोबलका साथमा मैदानमा उत्रने छ। नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।

नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो। अभ्यास नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो। चारमध्ये तीन खेल जित्न सफल नेपालको ब्याटिङ प्रदर्शन भने कमजोर रह्यो। लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ।

यस्तो छ , अहिलेसम्मको अंक तालिका

ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ ।

नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १३ खेलमा १३ मानै हारका साथ पुछारमा छ ।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0