सात वर्षपछि एटलेटिको म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

फुटबल

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि ७ वर्षपछि एट्लेटिको मड्रिडले जितेको छ । गएराति अन्तिम खेलमा खेलमा रेलिगेसन जोनमा रहेको रियल भालाडोलिडमाथि २-१ को पुनरागमन जीत निकाल्दै एट्लेटिको मड्रिडले लालिगाको उपाधि जितेको हो ।

एट्लेटिकोको जीतमा एन्जेल कोर्रिया र लुइस सुआरेजले १-१ गोल गरे । खेलकाे सुरुवाति अग्रता भने भालाडोलिडले लिएकाे थियाे। उसका प्लानोले १८ औं मिनेटमा अग्रता दिलाएका थिए। खेलमा १-० ले पछि परेपछि दबाबमा आएको एट्लेटिकोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो। उसका लागि दोस्रो हाफको ५७औं मिनेटमा कोर्रियाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

६६औं मिनेटमा मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएर सुआरेजले पेनाल्टी क्षेत्रभित्र वान भर्सेस वान स्थितिमा गोल गर्दै सन् २०१४ पछि पहिलो पटक एटलेटिकोलाई उपाधि दिलाएका हुन्।

ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । दोस्रो बनेको रियलले ८४ अंक तथा तेस्रो भएको बार्सिलोनाले ७९ अंक बटुले।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0