नेपाल भर्सेज पिएनजी ! हेड टु हेडमा कुन टिम बलियो?

क्रिकेट

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा न्युगिनी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो । नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।

हेड टु हेड

पपुवा न्युगिनी र नेपालबीच एकदिवसीय खेलमा अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। गत वर्ष ओमानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा १५१ रनको जित निकालेको थियो।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पपुवा न्युगिनीविरुद्ध मार्च २२ मा खेल्नेछ । ७ टोलि सहभागि रहेको लिग–२ को यात्रामा नेपालले अहिलेसम्म ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0