करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि अन्तिम ओभरमा नेपालको जित

Uncategorized

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी(पीएनजी)लाई ४ बल बाँकी छदै २ विकेटले हराएको छ।

पपुवा न्यूगीनी(पीएनजी)ले नेपाललाई जितका लागि दिएका २०५ रनको लक्ष्य पछ्याँउदै नेपालले ४९.२ ओभारमा ८ विकेट गुमाउँदै २१० रन जोडेको हो।

नेपाली समयानुसार बिहान ११:१५ बजे देखि युएईको सारजाह मैदानमा भइरहेको खेलमा पीएनजीले टस जितेर ब्याटिङ् रोजेको थियो। पीएनजी ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०४ रन जोडेको थियो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पीएनजीलाई हराएर सुखद सुरुवात गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
1
+1
1
+1
0
+1
1
+1
0