यू-१८ महिला साफ : नेपाली चेलीले आज बंगलादेशसँग खेल्दै, कसले जित्ला खेल ?

फुटबल

काठमाडौं । भारतमा भइरहेको साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल जमसेदपुरस्थित जेआरटी टाटा कम्प्लेक्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।

मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपाल बंगलादेशसँगको खेलमा त्यो नतिजालाई बिर्साउने प्रयासमा हुनेछ । यसअघि भएका दुई संस्करणमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन । त्यसैले बंगलादेश विरुद्ध अंकको खाता खोल्ने लक्ष्यमा नेपाल छ ।

तीन टिम मात्र सहभागी च्याम्पियनसिपमा डबल राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ र त्यसपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ । उपाधिको सम्भावना कायम राख्न पनि नेपालले आज बंगलादेशलाई हराउनैपर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0