भारतमा नेपाली चेलिको हार नै हार

फुटबल

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली भारतसँग ७–० को हार बेहोरेको थियो ।

बंगलादेशको जितमा अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र शाहदा अख्तर रिपाले गोल गरिन् । नेपालका लागि दीपा शाही र अमिशा कार्कीले गोल गरिन् ।

खेलको पहिलो मिनेटमा नै अफिदाको गोलबाट बंगलादेशको सुरुवाती अग्रता बनाएको थियो । तर, ३० औं मिनेटमा नेपालकी दीपाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ३३ औं मिनेटमा अक्लिमाले गोल गर्दै बंगलादेशलाई २–१ को पुनः अग्रता दिलाईन् । त्यस्तै, ३४ औं मिनेटमा इटिले गोल गर्दै बंगलादेशलाई ३–१ ले अघि बढाइन् ।

यसैगरी, ४३ औं मिनेटमा शाहदाले गोल गर्दै बंगलादेशलाई ४–१ को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा अमिशाले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि नेपालले हार टार्न सकेन ।

लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना झिनो बनेको छ । नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । भारत र बंगलादेशले समान ३ अंक जोडेका छन् । गोलअन्तरमा भारत शीर्ष तथा बंगलादेश दोस्रोमा छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1