श्रीलंकाविरुद्धको पहिलो वनडेमा घरेलु टिम बंगलादेश विजयी

क्रिकेट

काठमाडौं, जेठ ९ : घरेलु टिम बंगलादेश श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेलमा विजयी भएको छ । आइतबार ढाकामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले हराएको हो ।

बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८.१ ओभरमा २२४ रनमै अलआउट भयो। श्रीलंकाका लागि विनन्दु हसरंगाले ७४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। कप्तान कुशल परेराले ३० रन जोड्दा कुशल मेन्डिसले २४ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसन मिराजले ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ३ तथा मोहमद सैफुदीनले २ विकेट झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २५७ रन बनाएको थियो ।

बंगलादेशका विकेटकिपर मुश्फिकुर रहिमले ८७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ८४ कप्तान तथा ओपनर तमिम एकबालले ५२ रनको योगदान दिए। यस्तै, महमुदउल्लाहले ५४ रनको योगदान दिए ।

बलिङतर्फ श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ३ विकेट लिए । दुश्मन्था चामिरा, दनुश्का गुनाथिलका र लक्षण सन्दुकनले एक/एक विकेट लिए । तीन खेलको सिरिजको दोस्रो खेल मंगलबार हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0