पञ्जाबलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा

क्रिकेट

काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जावलाई हराएको छ । बिहीबार भएको खेलमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्‍जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामलेअविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । मध्यम सुरुवात गरेको मुम्बईले अन्तिम ५ ओभरमा ८९ रन जोडेको थियो । उसका लागि कप्तान रोहित शर्माले ७० रन बनाए । यसैगरी कायरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले ३० रन जोडे । पञ्जाबका बलर मोहमद सामी, शेल्डन कोट्रेल र कृष्नप्पा गोवथामले एक विकेट लिएका थिए ।

जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको थियो । आईपिएल क्रिकेटमा आज चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0