गोली हानी अर्जेन्टिनाका पूर्व खेलाडीको हत्या

फुटबल

काठमाडौं : अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय रग्बी खेलाडी फेडेरिको मार्टिन अराम्बुरुको शनिबार बिहान फ्रान्समा गोली हानी हत्या गरिएको बताइएको छ । अर्जेन्टिनका लागि २२ खेल खेलेका ४२ वर्षीय खेलाडीले फ्रान्समा २००७ मा भएको विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

फ्रान्सेली अखबारका अनुसार उनको बिहान बारमा केही मानिसहरूसँग झगडा परेको थियो । पछि उनीहरु कारमा फर्किएर उनमाथि गोली हानेका थिए । पेरिस अभियोजकको कार्यालयले हत्याको अनुसन्धान सुरु गरेको छ। शंकास्पद तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0