मेसीको लागि बार्सिलोनाको ढोका सधैँ खुल्ला छ

फुटबल

काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफू क्लबको प्रशिक्षक रहँदा लियोनल मेसीलाई स्वागत गर्न सधैँ तयार गरेको बताएका छन् ।

मेसीले दुई वर्षका लागि मात्र सम्झौता गरेको भन्दै जाभीले मेसीका लागि बार्सिलोनाको ढोका सधैँ खुल्ला रहेको बताएका हुन् ।

गत वर्ष विश्व फुटबललाई स्तब्ध पार्दै बार्सिलोना छोड्ने निर्णय गरेका मेसी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन, पिएसजीसँग अनुबन्धित छन् ।

मेसीका सबै कुरा बार्सिलोनाका लागि मुल्यवान हुने भन्दै जाभीले मेसी फुटबल इतिहासको सबैभन्दा उत्कृष्ट खेलाडी भएको पनि बताए ।

निकै मिल्ने साथि जाभी र मेसीले लामो समय एउटै क्लब बार्सिलोनाबाट फुटबल खेलेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
2
+1
1
+1
1
+1
0