आईपीएलका बाँकी खेल यूएईमा हुने

समाचार

एजेन्सी । भारतमा कोरोना महामारीको कारण स्थगित भएको इन्डियन प्रिमियर लीग (आईपीएल) का बाँकी खेलहरू संयुक्त अरब इमिरेन्ट्स् (युएई) मा हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले १५ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म आईपिएलका बाँकी खेल युएईमा गर्ने तयारी गरेको छ ।

बीसीसीआईले आईपीएलका बाँकी खेल इङल्यान्ड वा यूएईमध्ये एक ठाउँमा खेलाउने बारेमा सोचे पनि अन्ततः युएईमा नै लिग गराउने निष्कर्षमा पुगेको हो । बीसीसीआईको २९ मेमा हुने विशेष बैठकले आइपिएलका बाँकी खेलको मिति र स्थान तय गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आईपीएल टिमका सदस्यमा कोरोना देखिन थालेपछि मे ४ मा आइपिएल अनिश्चित कालका लागि स्थगित भएको थियो । स्थगित हुनुअघि लिगका ६० मध्ये २९ खेल सम्पन्न भइसकेका थिए । जहाँ ८ खेल खेलेको दिल्ली क्यापिटल्स १२ अंकमा तालिकाको शीर्ष स्थानमा थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged