७–० हार पछि आज फेरि भारतसँग खेल्दै नेपाली चेली

फुटबल

काठमाडौं : लगातार दुई खेलमा पराजित भएको नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) भारतको सामना गर्दैछ । जमसेदपुरमा नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रता जितको खोजीमा हुनेछ ।

तर भारतविरुद्ध नेपाललाई जित निकाल्न त्यति सहज भने छैन् । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।
आज नेपाललाई उत्त नतिजा उल्टाउने मौका छ । यता पहिलो भेटमा नेपाललाई सहजै हराएको भारत आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ ।

उपाधि दाबेदार भारत तीन अंक बटुल्ने योजनामा छ । यता नेपालले भने कुनै अंक जोड्न सकेको छैन् । नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागि भएको च्याम्पियनसिपमा भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले नेपाललाई हराएर ३ अंक जोडि सकेको छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0