थाइल्याण्डसँग मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड उड्यो नेपाली फुटबल टोली

फुटबल

काठमाडौं : दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेको छ। नेपाली राष्ट्रिय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने फुटबल टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा विदाइ गरेको थियो।

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चैत दोस्रो साता थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँग खेल्दैछ। थाइल्याण्डको राष्ट्रिय टोली र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले बुधबारदेखि बन्द प्रशिक्षणमा सुरू गरेको थियो। १० चैतमा थाइल्याण्डको राष्ट्रिय फुटबल टोली र १३ चैतमा चोनबुरी एफसीसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास सुरू गरेका थिए। तर, वैदेशिक क्लबहरूमा अनुबन्ध भएर खेलिरहेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, डिफेन्सिङ मिडफिल्डर रोहित चन्द र फरवार्ड जगजित श्रेष्ठ भने राष्ट्र टोलीको बन्द प्रशिक्षणमा उपस्थित भएनन्।

उनीहरू थाइल्याण्डसँगको भ्रमणमा भने सहभागी हुने एन्फाले जनाएको छ। यता, एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई पनि मैत्रीपूर्ण खेलका लागि उपस्थित हुने छैनन्। शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध ५ अप्रिलमा प्रतिस्पर्धा गर्दैछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0