नेपाललाई युएईले दियो २०३ रनको लक्ष्य, के नेपालले उक्त लक्ष्य भेटाउला ?

क्रिकेट

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमायुएई नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ। ५० ओभर खेल्दै युएईले ९ विकेट गुमाएर २०२ रन जोडेको थियो।

युएईका लागि मुहम्मद वासिमले ५१ बल खेल्दै ३३ रन जोडे भने चिराग सुरीले ५४ बल खेल्दै २६ रन जोडेका थिए। त्यस्तै रोहन मुस्ताफाले ७३ बल खेल्दै ६० रन जोडेका थिए।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र करन केसीले समान २/२ विकेट लिए। त्यस्तै दिपेन्द्र सिंह एरी र आरिफ शेखले समान १-१ विकेट लिएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0