भारतसँग नेपाली चेलिको अर्को शर्मनाक हार

फुटबल

काठमाडौं : साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । नेपाल सोमबार भएको खेलमा भारतसँग ५–१ गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन एस लिन्डा कोमले ह्याट्रिक पूरा गरिन् । त्यस्तै हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे ।

नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् । खेलको १६ औं मिनेटमा हेमामले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा लिन्डाले गोरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । ३८ औं मिनेटमा लिन्डाले गोल गर्दा भारतले ३–० गोलको अग्रता बनायो ।

अनिता कुमारीले ५६ औं मिनेटमा गोल गर्दा भारत ४–० ले अघि भयो । लिन्डाले ६२ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । नेपालका लागि ७९ औं मिनेटमा सन्दीपा भोलानले एक गोल गर्दा भारतले ५–१ गोलको जित निकाल्यो । प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ । जितसँगै भारतले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानको बंगलादेशको ३ अंक छ । शीर्ष टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1