बोलोग्‍नालाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिगका लागि छनौट

फुटबल

एजेन्सी । अन्तिम खेलमा जित निकाल्दै साविक विजेता युभेन्टस आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा छनौट भएको छ । आइतबार राति भएको अन्तिम खेलमा बोलोग्‍नालाई उसैको मैदानमा ४-१ ले पराजित गर्दै युभेन्टस अर्को सिजन यूईएफए च्याम्पियन्स लिगका लागि छनौट भएको हो ।

युभेन्ट्सका लागि चिजाले छैटौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए। एड्रिएन राबीओटले प्रहार गरेको बल क्रसबारमा लागेर फर्केपछि चिजाले ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए । २९ र ४७ औँ मिनेटमा अल्भारो मोराटा र ४५ औँ मिनेटमा एड्रियन राबिओटले गोल गरे । बोलोग्नाका लागि अरसोलिनीले ८५ औँ मिनेटमा एक गोल फर्काएका हुन् । खेलमा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमै राखियो।

जितसँगै युभेन्ट्सले अंक तालिकामा चौथो स्थान पक्का गर्दै युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको हो। एटलान्टा र युभेन्टस समान ७८ अंक रहेपनि हेड टु हेडमा एटलान्टा तेस्रो स्थानमा रहयो । अंक तालिकामा च्याम्पियन इन्टरले ३८ खेलमा २८ जितका साथ ९१ अंक जोड्यो भने दोस्रो स्थानको एसी मिलानले २४ जित २८ जितका साथ ७९ अंक बनायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0