एकदिवसीय र टी–२० सिरिजका लागि टोली घोषणा, ज्ञानेन्द्र मल्ल दुवै टिममा परेनन्

क्रिकेट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी–२० सिरिजको लागि पूर्वकप्ता ज्ञानेन्द्र मल्लबाहेकको राष्ट्रिय टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानी छुट्टा–छुट्टै टोली घोषणा गरेको क्यानले विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र शरद भेषावकरलाई पनि टीममा राखेको छैन ।

ज्ञानेन्द्र र विनोद जारी आईसीसी विश्वकप लिग–२ को स्वाडमा भने समावेश छन् । नेपालले पपुवा न्युगिनीसँग चैत ११ र १२ गते एकदिवसीय सिरिज खेल्दैछ भने चैत १४ देखि २१ गतेसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी–२० सिरिज हुनेछ । दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0