महिला स्ट्राइकर साम्बा दशककै सर्वोत्कृष्ट महिला खेलाडी

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा मंगलबार दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।

साम्बा उपनामले पुकारिने नेपाली राष्ट्रिय टोलीकी गोल मसिन सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । क्लब फुटबलमा उनले गरेका गोलको लेखाजोखा कसैसँग छैन ।

उनको क्लब सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघसँग पनि । सावित्रा स्वयमलाई पनि आफूले गरेका गोलहरूको तथ्यांक थाहा छैन ।

त्यसैले ढुक्कसँग भन्न सकिन्छ, सावित्रा नेपाली राष्ट्रिय महिला टोलीले पाएको अहिलेसम्मकै सर्वोकृष्ट स्ट्राइकर हुन् ।

सन् २०१४ देखि २०१९ को बीचमा सावित्रा प्रेरित नेपाली महिला राष्ट्रिय टोलीले ६ पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गरिसकेको छ ।

यस क्रममा नेपाली महिला टोली दुई पटक साफ च्याम्पियनसिप र दुई पटक दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा हिरो उमेन्स गोल्डकप र नाडेजा कपमा एक/एक पटक फाइनल पुगेको थियो ।

भारतीय लिग आइडब्लुएल मा दुई सिजन खेल्दा दुवै पटक उनले आफ्नो टोलीलाई च्याम्पियन बनाइन भने नेपालमा उनी सम्मिलित एपिएफले सायदै हार सामना गर्नुपरेको होला ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0