लिलले जित्यो फ्रेन्च लिग वानको उपाधि, पिएसजी दोस्रो स्थानमै सीमित

फुटबल

काठमाडौं, १० जेठ । एन्जर्सलाई २-१ ले हराउँदै लिलले फ्रेञ्च लिग वानको उपाधि जितेको छ। लिलले १० वर्षपछि लिगको उपाधि जितेको हो। यसअघि सन् २०१०/११ मा लिलले ५७ वर्षपछि लिगको उपाधि जितेको थियो।

यता अन्तिम खेलमा ब्रेस्टलाई २-० गोलले पराजित गरेको पिएसजीले दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो। लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सीमित भयो ।

लिलले खेलको १०औं मिनेटमा जोनाथन डेविडको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गर्दै लिलको अग्रता दोब्बर पारे ।

एन्जर्सका लागि इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा फुल्गिनीले एक गोल फर्काए । तर लिलले आफ्नो अग्रता कायमै राख्दै चौथो पटक लिग जित्‍न सफल रहयो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0