मैत्रीपूर्ण खेलमा आज नेपाल र थाइल्याण्ड भिड्दै, नेपालले जित्ने सम्भावना कति ?

फुटबल

काठमाडौं । नेपालले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियो टोली थाइल्यान्डविरूद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार आज साँझ पौने ६ बजेबाट सुरू हुनेछ।

हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ। पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ। तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई चरणमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना सार्वजनिक गरेका थिए।

सोही योजनाअनुरुप नेपालले माघमा मरिसससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको दुवै खेलमा नेपालले समान १-० को जित निकालेको थियो। नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमण गरेको हो।

नेपाली टिमः

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की
रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी
मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ
स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ,

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0