कतार बिश्वकप खेल्ने इटालीको चाहन टायटाय फिस

फुटबल

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो ।

यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे ।

इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो । अब नर्थ म्यासेडोनियाले पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0