विश्वकपबाट एक जित पर रोनाल्डोको पोर्चुगल

फुटबल

काठमाडौँ । पोर्चुगलले टर्कीलाई पराजित गर्दै विश्वकप फुटबल छनौटको प्लेअफको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलका लागि ओटिभीओ, डिओगो जोटा र माथेस नुनेजले एक एक गोल गरेका थिए । त्यसैगरी टर्कीका लागि बुराक यिलमाजले एक गोल फर्काएका थिए ।

यो हारसँगै टर्कीको विश्वकप छनौटको यात्रा समाप्त भएको छ भने पोर्चुगल प्लेअफको फाइनलमा पुगेको छ । पोर्चुगलले अब विश्वकपमा छनौट हुन प्लेअफको फाइनलमा उत्तरी मासेडोनियासँग खेल्ने छ । खेल मार्च २९ मा हुने तालिका रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0