अब हुदाँ हुदाँ कमजोर पिएनजीसँग हार्याे नेपाल, रोहितको सतक गयो खेर

क्रिकेट

काठमाडौं । दुई एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी)सँग नेपाल ६ रनले पराजित भएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमा समेटियो ।

नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए । आरिफ शेख ३४, कुशल भुर्तेल ३२, भिम सार्की १७, दिपेन्द्र सिंह ऐरी १५ रनमा आउट हुँदा सोमपाल कामी र कमलसिंह ऐरीले १८–१८ रनमा अविजित रहे ।

बलिङमा नोरमान भानुले तीन, असद भाला र चार्ल्स अमिनीले दुई–दुई तथा नोसैना पोकनाले एक विकेट लिए । त्यसअसि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा २ सय ९२ रन बनाएको थियो ।

पपुवा न्यूगिनीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाउँदा कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८, रिले हेकुरेले ३१, जासन किलले १३ र सिमोन अटाइले २ रन बनाएका थिए ।

नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट लिएका थिए । दुई टीमबीचकाे दाेस्राे तथा अन्तिम एक दिवसिय खेल शनिबार बिहान साढे ९ बजे सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0