प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै ह्यारी केनले जिते गोल्डेन बुट

फुटबल

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् । केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।

इङ्ग्ल्यान्डका फरवार्ड केनले प्रिमियर लिगमा यस सिजन २३ गोल गरे । १४ गोलका लागि असिस्ट पनि गरे । केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।गोल्डेन बुटको रेसमा लिभरपुलका मोहम्मद सलाह २२ गोलसहित दोस्रो स्थानमा रहे भने म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस १८ गोलसहित तेस्रो स्थानमा रहे।

गएराति टोटेनहमले लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन् । केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *