नेपालले आज थाइल्याण्डको क्लब चोनबुरीसँग खेल्दै, कसले जित्ला ?

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार ) थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले थाई क्लब चोनबरी एफ.सी.सँग उसैको मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल्न लागेको हो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलको लागि अभ्यास स्वरुप नेपाली टोली मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको हो ।

नेपालले यस अघि थाइल्याण्डसँग खेलेको मैत्रीपूर्ण खेलमा २–० को हार भोगेको थियो । एसियन कप छनोटको समूह ‘ए’ मा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु कुवेतमा यही जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0