रोनाल्डोले कीर्तिमान बनाए, शीर्ष तीन लिगमा गोल्डेन बुट जित्‍ने पहिलो खेलाडी

फुटबल

१० जेठ, काठमाडौं । युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ मा यो सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् । रोनाल्डोले युभेन्ट्सलाई उपाधि दिलाउन नसके पनि पहिलो पटक सिरी ए मा गोल्डेन बुट जित्न सफल भए ।

योसँगै रोनाल्डो युरोपको तीन फरक लिग सिरी ‘ए’, ला लिगा र प्रिमियर लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी बने । ३६ वर्षीय रोनाल्डोले सिरी ‘ए’ मा यस सिजन २९ गोल गरे। जुन दोस्रो स्थानको रोमेलु लुकाकुभन्दा पाँच गोलले अगाडि हो।

पोर्चुगिज कप्तान रोनाल्डोले यसअघि सन् २००७/०८ मा इंग्लिश क्लब म्यानचेष्टर युनाइटेडसँग ‘गोल्डेन बुट’ जितेका थिए। त्यसपछि स्पेन पुगेका रोनाल्डोले रियल मड्रिडबाट खेल्दै तीन पटक सर्वाधिक गोलकर्ताको अवार्ड पीचीची अवार्ड जिते । रोनाल्डोले युभेन्टसका लागि ९७ खेलमा ८१ गोल गरिसकेका छन्। उनी सन् २०१८ मा रियल मड्रिड छोडेर युभेन्टस आएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Tagged