थाईल्याण्डको मामुली कमजोर क्लबसँग समेत नेपाल पराजित

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरीसँग पराजित भएको छ । मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग ३–१ गोल अन्तरले पराजित भएको हो । चोनबुरीसँग पहिलो हाफमा १–० गोल अन्तरले पछि भएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको हो ।

नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । नेपाल यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
7
+1
0
+1
0
+1
0