३६ वर्षपछि क्यानडा फिफा विश्वकपमा छनोट

फुटबल

काठमाडौं : क्यानडा कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ। जमैकामाथि सानदार जित निकाल्दै क्यानडाले एक खेल बाँकी छँदै कोन्काफ क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडा ३६ वर्षपछि दोस्रोपटक विश्वकपमा छनोट भएको हो। यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो।

विएमओ फिल्ड क्यानडामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल उपहार पाएको थियो। एकपक्षीय बनेको खेलको १३औं मिनेटमा सायल लारिनको गोलबाट क्यानडाले सुरुवाती अग्रता लिएको थियो। ४४औं मिनेटमा टाजोनले गोल गर्दै क्यानडाको अग्रता दोब्बर पारे।

त्यसपछि ८३औं मिनेटमा जुनियर होइलेटले गोल गर्दै क्यानडालाई सहज जिततर्फ अग्रसर गराए । ८८औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले सानदार जित निकाल्न सफल भयो।

यो जितसँगै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ। पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ । यो क्षेत्रबाट तीन टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन् भने एक टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
10
+1
1
+1
3
+1
2
+1
0
+1
0