‘ला लिगा’मा सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले जिते पिचिची ट्रफी

फुटबल

काठमाडौं, जेठ । बार्सिलोनाका कप्तान अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै पिचिची ट्रफी जितेका छन् । बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन असफल भए पनि मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै आठौं पटक पिचिची ट्रफी जितेका हुन् ।

ट्रफी जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारे । मेस्सी बेन्जेमा र मोरेनो भन्दा ७ गोलले अघि रहे ।

ला लिगामा यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रह्यो । उपाधि होडबाट बाहिरिसकेकोले मेसीले आइबरविरुद्ध अन्तिम खेल भने खेलेनन् । उक्त खेल बार्सिलोनाले १-० ले जित्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0