विनोद भण्डारी भन्छन्, ‘कप्तान सन्दीप लामिछानेसँग कुनै विवाद छैन’

क्रिकेट

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले आफू र कप्तान सन्दीप लामिछानेबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । समर्थक तथा केही मिडियाले सत्यतथ्य नबुझी प्रचारबाजी गरेको विषयलाई खण्डन गर्दै सन्दीप र आफूबीच कुनै मनमुटाब नरहेको स्पष्ट पारको हुन् ।

केही दिनअघि मैदानमा विनोदले सन्दीपसँग हात मिलाउन खोज्दा नमानेको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्चा भएको थियो । केही मिडियाले यो विषयलाई समाचार बनाएर सम्प्रेषण पनि गरे । तर, सामाजिक सञ्जालमा चर्चा चलेजस्तो मैदानमा आफूहरूबीच केही नभएको विनोदले बताएका हुन् ।

‘सामजिक सञ्जालमा भइरहेको अनावश्यक टिप्पणीलाई मैले बेवास्ता गर्दै आएको थिए तर नेपालको नाम चलेका मिडियाले समेत सत्य तथ्य नबुझी लेख्न मिल्ला ?,’ विनोदले फेसबुकमा स्टाटस लेख्दै प्रश्न गरेका छन् ।

उनले अगाडि थपेका छन्, ‘जबकी कप्तान सन्दीप आफैंले विभिन्न सञ्चारमाध्यममा टोलीभित्र त्यस्तो केही विवाद नरहेको बताइसकेका छन् । सत्य के हो नबुझी समाचार लेख्नु कतिको जायज हो ? यो विषयमा कसैले सन्दीप वा मलाई केही सोध्यो ?’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Tagged