बोलोभियाको पोस्टमा ब्राजिलले गर्‍यो गोलको बर्षा

फुटबल

काठमाडौं : फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
बोलोभियाको मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक गोल गरे ।

खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले अग्रता बनायो । ४५औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा गुइमारेसले गोल गर्दा ब्राजिलले खेलमा ३–० को अग्रता बनायो । खेलको इन्ज्युरी समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गर्दै टिमलाई ४–० गोलको जित दिलाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0