रोबर्ट लेवान्डोस्कीको गोलमा स्वीडेनलाई हराउँदै पोल्याण्ड विश्वकपमा छनोट

फुटबल

काठमाडौं : पोल्याण्ड यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपेली छनोटअन्तर्गत गएरातिको प्लेअफ फाइनलमा स्वीडेनमाथि २–० को जित हात पार्दै पोल्याण्डले विश्वकपको टिकट काटेको हो ।

घरेलु मैदानमा पोल्याण्डलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र पिओट्र जेलिनिस्कीले एक/एक गोल गरे ।

खेलको ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा जेलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २–० को सहज जित दिलाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0