यस वर्षको एसिया कप स्थगित

क्रिकेट

काठमाडौं । यसै वर्ष श्रीलंकामा आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै कोरोना महामारी र अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण २०२१ को एसिया कप टि–२० क्रिकेट प्रतियोगिता स्थगित गरेको जानकारी दिएको छ ।

‘सबै ठूला चार एशियाई देशको यस वर्षको अन्त्यसम्म व्यस्त तालिका छ। यसका साथै एसीसीको बैठकले कोरोनाका कारण प्रतियाेगिता सारिएकाे हाे।’ एसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि २०२० मै हुनुपर्ने एसिया कप कोभिड १९ का कारण एक वर्ष पछि सरेको थियो ।

यो वर्षको अन्त्यमा टी-२० विश्वकप आयोजना हुँदैछ। यस्तै एसेज शृंखला र एक दिवसीय विश्वकप पनि हुने तालिका छ। मलेसियामा हुने तय भएको एसिया कप छनोट खेलपनि हुन नसकेको तथा कोरोना महामारीको असर थप बढ्दो क्रममा रहेको भन्दै एसीसीले यो बर्षको प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

आईसीसी बरियतामा शीर्ष ५ स्थानमा रहेका एसियाली मुलुकहरु प्रतियोगितामा स्वत: छनोट हुनेछन् । बाँकी एक टोली प्रतियोगितबाट छनोट हुनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *