जिन्दगीमा पहिलो हेलिकप्टर सट हानेका आदिल भन्छन् : ‘हेलिकप्टर सट मेरो बेस्ट हो’

क्रिकेट

काठमाडौं । राष्ट्रिय टिमबाट डेब्यू गरेका मोहमद आदिल आलमले पहिलो खेलको प्रदर्शनबाट एकदमै खुसी लागेको बताएका छन् । आदिलले पीएनजीविरुद्ध ११ बलमा ३१ रन बनाएका थिए । त्यसक्रममा उनले एक चौका र तीन छक्का हाने । रोहित पौडेल आउट भएपछि १४.३ ओभरमा मैदान छिरेर दिपेन्द्र सिंह ऐरीलाई साथ दिएका थिए । उनले १४.४ ओभरको बल फेस गर्दै आफ्नो खाता खोलेका थिए ।

सुरुमा रन लिन असहज भए पनि पहिलो रन आएपछि कन्फिडेन्स बढेको उनले सुनाए । ‘राम्रो गर्ने आशा लिएर गएको थिएँ,’ आदिलले भने, ‘बल हान्ने अवस्थामै थियो । मिल्यो र हानें ।’ खेलमा तीन छक्का हानेका उनले भने ‘हेलिकप्टर सट वाला सिक्स मेरो बेस्ट हो ।आफूले धेरै मिहेनत गरेको भन्दै उनले अन्तर्राष्ट्रिय लेभलमा यति चाँडै आउछु भनेर नसोचेको बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0